दोस्रो स्थान मा नेपाली कम्युनिटी टनबिृर्ज केन्ट साथै प्रथम नौमी बाजा गुल्मी युके को समुह

गत १७ जुन दिन केन्टस्थित शान्त सहर टनब्रिरज । घमाइलो मौसम । सहरको दायाँबायाँ सडकमा रमिता हेर्न ४० भन्दा बढी समुदायका ४५ हजार जति एकत्रित थिए ।
‘टनब्रिरज समर कार्निभल’ मा एउटा भिन्न आकर्षण थियो नौमती बाजा । प्रथम नौमती बाजा गुल्मी यूके समूहले त्यहाँ हालै नेपाली मौलिक धुन घन्काउँदा रमितेहरूको ध्यान नखिच्ने कुरै भएन । ‘अरू ब्यान्डभन्दा हाम्रो नौमतीको रैनक्ता आकर्षक गर्‍यो,’ उक्त समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हँसिलो मुद्रामा भन्दै थिए, ‘सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो भन्नु भयो।
सेन्सवरी कार पार्कछेउ एकत्रित भएर नौमती समूहले करिब एक किमि मार्च पास गर्‍यो, अन्य ब्यान्डसँगै । मेयर Mayor -Cllr Pam Bates र टनब्रीज लायन्स क्लब अध्यक्ष Lion president -Gordon Hill का मन नौमती बाजाले साँच्चिकै छोए को थियो ।दर्जनौं प्रतिस्पर्धी ब्यान्डबीच नौमती बाजा समुह र नेपाली कम्युनिती लाई यस बर्ष पनी दोस्रो उपाधि दिए उनीहरूले । नौमती बाजाले यसअघि लगातार तिन वर्ष प्रथम स्थान आई हाडट्रिक गरेको थियो यस्तै कहीले दोस्रो कहिले प्रथम हुदै आएको थापाले जनाए । टनब्रिरज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी छ ।
यस पालिको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरू मेडल गोर्खा हेत लगायर र आर्मी पोसाकमा ठाँटिएर मार्चिङमा सहभागी थिए ।जसमा नेपाली कम्यूनिटी टनबिृर्ज केन्टका अध्यक्ष लेप्टन मोहन राना ,सचिव भेष थापा कोषाध्यक्ष याम गुरूड्ग मिडीया पि आर ,दुर्गा बुराथोकी साथै नेपाली समाज टनबिृर्ज केन्टका महीला समुह अध्यक्ष श्रीमती मानु थापा को नेत्रीतो मा दिदी बहिनी हरूको सामुहीक नाच र नवयुवा का अध्यक्ष बिकास राना को नेत्रीतो मा नानीहरू को तिपीकल नेपाली पोशाक बाजा गाँजा लिएर सहभागी मार्चपास ले अती आकर्षक थियो । यस बर्ष भने ईडियन कम्यूनिटी को सामुहिक डान्स र ढोलक ब्याड पहिलो चोटी नौलो रोचक पनी थियो।त्यसै ले गर्दा उनी हरू प्रथम हुन सफल भएका थिए।
साथै ऊक्तदीन नौमती समुहको लागी खानपिन निशुल्क प्रायोजन गोर्खा प्लानेट रेस्टोरेन्ट पप्राईटर ज्युहरू दिनेश महर्जन,दियाराम गिरी केशब कराज गिरी ले गर्नुभएको थियो।
नौमती समुहका प्रमुख सयोजक ओम थापा काउचा,समुह का सयोजक तथा गुल्मी जिल्ला समाज युके का उपाअध्यक्ष टोप पल्ली ,बिन भुजेल ,लाल काऊचा,ठाम रोका,पदम गुरुङ,याम गलामी,के रि बिर बहादुर थापा ,होमलाल राना,ईन्द्र थापा थिए
बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ प्रथम नौमती बाजा गुल्मी युके समूहले । सम्मिलित टिम केहीअघि अल्डरसट फान्ब्रो नेपालिहरूको स्थानिय साझा संस्था ग्रेटर रशमूर नेपालि कम्युनिटि, नयाँ युवा समेतको साझेदारी ०९ जुन को दिन भिक्टोकीया डे मा प्रथम स्थान आउन सफल भएको थियो।भने बिभीन्न ठाउ ठाउमा नेपाल कम्युनिटीहरू संग अन्य समुदाय संग सह कार्यहरूमा पनी सहभागी मा बेस्ट छ।
आउँदो जुलाई ७ दिनमा बेलायत कै गोर्खा रेजुमेन्ट हरूको मुख्य आकर्षण नेपाल कप साथै काठमाण्डू कप तथा गोर्खाभेला को दिन पनी सहभागीता जनाउनको निम्ती भब्य तयारी भएको छ। करिब लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको लन्डन मेला २०१८ मा सहभागी हुने तयारीमा छ । ‘हरेक कम्युनिटी प्रोग्राम मा निःशुल्क सहभागिता जनाइरहेका छौं,ख़ाली याता जलपान मात्र सानो सुल्क लिने गर्दछौ ।समूहका प्रमुख संयोजक थापाले भने, ‘यहाँ मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु र केही भए पनी सोदेश नेपाल को निम्ती केही भए पनी पर्यटन प्रवधन मा टेवा पुराउनु नै हाम्रो आम्दानी हो ।’
साथै गुल्मी जिल्ला समाज युके संगसहकार्य गर्दै नेपाल का आशा अपाङ्ग केन्द्र तमघाश नेपाल मा आर्थिक संकलन गर्दै नेपाल का अंपाग असाहय हरू लाई सहयोग पनी गर्दै आएको छ।
उक्तदिन सदा बर्ष हरूमा जस्तै रोयल बिर्टिश लिजन को निम्ति स्थानिय लायनस क्लब,रोयल बिर्टिश लिजन संग सहकार्य गरी आर्थिक संकलन मा सहायो टेवा पुराउदै आएको छ।