लण्डन जि मेलामा घन्कियो गुल्मेली नौमती बाजा

लण्डन । लण्डनमा आयोजित जि लण्डन मेला २०१८ मा प्रथम नौमती बाजा गुल्मी युके मुख्य आकर्षण बनेको छ ।

PreMortgage.co.uk

गत शनिबार १८ अगष्टमा लन्डण्न साउथल पार्कमा सम्पन्न जि लण्डन मेला भब्य सम्पन भएको छ। कार्यक्रममा गुल्मीको नौमती बाजा मुख्य आकर्षण बनेको हो । बिषेश रुपमा नौमती बाजा शुभकार्य र शुभ साईतमा बजाउदा सबै कार्य राम्रो सम्पन्न हुने भन्ने विश्वाशलाई प्रथमिक्ता दिएर प्रथम नौमती बाजा गुल्मी युके समुहले बाजा बजाएर मेलाको शुभसाईत गरेको थियो ।

नेपाली नाचबाटै सुरू गरिएको यस मेलालाई बिषेस एसियाली समुदाय र युरूपेन, अफ़्रीकन , बेलायती यस्तै अन्य समुदाय एकै ठाउ संमगम स्थल र एक आर्का को कल्चर प्रतुत गर्ने यस बेलायतकै सबै भन्दा ठुलो मेलाको रुपमा लिने गरिन्छ ।यस मेला लन्डण्न ब्रेरो काउन्सिल र ईलिड्ग ब्रोरो काउन्सिल को संयुक्त रूपमा भएको थियो।भने प्रमुख अथिती मा लन्डण्न का मेयर शदिय खान थिए भने ईलिड्ग ब्रोरो काउन्सिल मेयर को पनी उपस्थिती थियो (Mayor of London Sadiq Khan and Ealing Council.Mayor ) कार्यक्रममा नेपाली समुदायको तर्फ बाट बिषेश अथितीको रूपमा नेपाली राजदुतावा लण्डनका उपनियोग प्रमुख शरदराज आरन र दुतावासकै सैनिक सहचारी नेपाल आर्मीका कर्णेल कुमारबाबु थापा छेत्रीले उपस्थिती जनाएका थिए ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउनुको निम्ती प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले पनी उक्त भाग लिईएको नेपाली टिमलाई संयोजन गरेका नेपाली राजदुतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीले बताउनुभयो । आयोजक लन्डण्न मेला २०१८ संग सहकार्य गर्दै भब्य मेलामा ४० हजार भन्दा बढीले सहभागीता जनाएको आयोजकहरुले बताए । मेलामा नेपाली राजदुतावासले भिजीट नेपालको प्रभार्द्दन गर्न उपस्थित दर्शकहरुलाई सुचना प्याकेज तथा प्रचार सामाग्रीहरु बाँडेको थियो । प्रथम नौमती बाजा युके बिदेशमा रहेर पनि आफ्ना मौलिक बाजा र नेपाली साँस्कृतीहरुको जगेर्ना गर्नेकाममा निरन्तर लागिरहेको नौमती बाजाका प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले बताए ।

नौमती बाजा बेलायतका बिभिन्न ठाउँहरूमा पनी बाजा बजाउने कार्यमा निरन्तर सहभागीता जनाँदै आएको छ । पछील्लो चरणमा नौमती बाजाले टनब्रीज, अल्डरसट, रिडीङ लगायतका थुप्रै ठाउँहरुमा आयोजित सार्वजनिक तथा शुभबिवाह कार्यक्रमहरुमा सहभागीता जनाएको पनि थापाले बताए ।

लण्डन मेलामा नेपाली राजदुतावास लण्डन र नौमती बाजासमुहले गत २०१० देखी निरन्तर सहकार्य गर्दै हरेक बर्ष सहभागीता जनाउँदै आएका छन् । यस्तै यस मेलामा मगर संघ युकेको तर्फबाट सबिता राना मगर र पबित्रा थापा मगरले मौलिक नेपाली मगर जातीहरूको कौडा नाच प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल नेपाली राजदुतावासका तर्फबाट मुस्कान भट्ट लगायतले नाच प्रस्तुत गरेका थिए ।

मेलामा गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष टोप पल्ली, सचिव बिर बलाल लगायत नौमती समूहका कलाकार ओम थापा, बिर बलाल, टोप पल्ली, पूर्ण बलाल, पदम गुरुङ, लाल काउचा, कुमार राना, मान गुरुङ, क्याटेन रिटायर्ड वीर गाहा थापा, ईन्द्र ढेगा मगर, होमलाल राना, जमुना राना पुन, भीमा बलाल, कुमारी गुरुङ, तारा बलाल, टीना बलाल, ओशिन थापा, बेबिका बलाल लगायत सहभागी थिए।